नेपाल र मलेसियाबीचको महिला टी-२० आई सिरिज आजदेखि सुरु

Author

सजिलो पत्रिका

२०८२ असोज १६, बिहिबार

14
Share
Featured
  • नेपाल र मलेसियाबीचको ५ खेलको महिला टी-२० आई सिरिज आजदेखि क्वालालम्पुरमा सुरु हुँदैछ।
  • १४ सदस्यीय टोलीमा सीता राना मगरले पुनरागमन गरेकी छन् भने ५ नयाँ खेलाडीले स्थान पाएका छन्।
  • यो सिरिजलाई आगामी जनवरीमा नेपालमा हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीको रूपमा लिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालमलेसियाको राष्ट्रिय महिला क्रिकेट टोलीबीचको पाँच खेलको टी-२० आई सिरिज आजदेखि सुरु हुँदैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १२ बजे खेल सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। राष्ट्रिय टिमकी सिनियर खेलाडी सीता राना मगरले यस सिरिजबाट पुनरागमन गर्दैछिन्। ५ खेलाडी परिवर्तन गरिएको टोलीमा सीतासहित सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामीले स्थान बनाएका छन्। ईश्वरी विष्ट, सबनम राई, बिन्दु रावल, रोमा थापा र मनिषा उपाध्यायले यस पटक टिममा स्थान बनाउन सकेनन्।

सिरिजअघि नेपाली खेलाडीहरूले मलेसियन सुपर वुमन सिरिज खेलेका थिए। उक्त प्रतियोगिताको उपाधि साउदर्न जाग्वार्सले जितेको थियो, जसमा नेपाली खेलाडी रुविना क्षेत्री, सोनु विष्ट र पूजा महतो सामेल थिए। सीता रानामगरको नेतृत्वमा रहेको सेन्ट्रा सुपर गर्ल्स उपविजेता बनेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतो प्लेयर अफ दी सिरिज बनेकी थिइन् भने नोर्थर्न क्विन्सकी कविता कुँवर उत्कृष्ट ब्याटर घोषित भएकी थिइन्। यस प्रतियोगितामा नेपाली स्क्वाडमा रहेका सबै १४ खेलाडीले फरक-फरक पाँच टोलीबाट खेलेका थिए।

नेपाली महिला टोली आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि मलेसिया भ्रमणमा गएको हो।

यो समाचारमा

काठमाडौँनेपाल क्रिकेट संघनेपालमलेसिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...