सन्दीप लामिछाने वेष्ट इन्डिजविरुद्ध निलम्बित, क्यानले दियो स्पष्टीकरण

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

37
Share
Featured
  • नेपाली स्पिनर सन्दीप लामिछाने वेष्ट इन्डिजविरुद्धको दुई खेलमा अनुशासन उल्लंघनका कारण निलम्बनमा परेका छन्।
  • पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले खेल नखेल्ने निर्णय गरेका थिए, र टिम म्यानेजरको सिफारिसमा उनलाई निलम्बन गरिएको थियो।
  • सन्दीप अक्टोबर ८–१७ ओमानमा हुने ICC टी-२० विश्वकप एसिया रिजनल छनोटमा सहभागी हुने तयारीमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेका कारण अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार, पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट पहिले स्वयं सन्दीप लामिछानेले खेल नखेल्ने निर्णय गरेका थिए। टिम म्यानेजरको सिफारिसमा पहिलो खेलपछिका दुई खेलभन्दा अघि उनलाई अनुशासन उल्लंघन गरेको भन्दै निलम्बन गरिएको क्यानले स्पष्टीकरण दिएको छ।


यद्यपि, सन्दीप लामिछाने अर्को सातादेखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसिया रिजनल छनोटमा भने सहभागी हुने भएका छन्। क्यानले अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने उक्त छनोटमा सन्दीप सहभागी हुने जनाएको छ। नेपाली १६ सदस्यीय टोली ओमान प्रस्थान गरिसकेको छ र उक्त टोलीमा सन्दीप पनि समावेश छन्। यसले सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेट करियरमा आएको उतारचढावलाई देखाएको छ।

यो समाचारमा

सन्दीप लामिछानेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...