दसैँका लागि काठमाडौँ छाड्नेको लर्को: घटस्थापनादेखि अष्टमीसम्म साढे ५ लाख बाहिरिए

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

18
Share
Featured
  • घटस्थापनादेखि अष्टमीसम्म आठ दिनमा ५ लाख ५३ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यका छाडेका छन्, पछिल्लो २४ घण्टामै ८५ हजारभन्दा बढीले बाहिरिएका छन्।
  • उपत्यकाबाट हालसम्म १ लाख ८९ हजार सवारीसाधन बाहिरिएका छन् भने करिब २ लाख ८५ हजार यात्रु ७२ हजार सवारीसाधनमार्फत उपत्यकामा प्रवेश गरेका छन्।
  • यात्रुको चाप बढेसँगै ट्राफिक प्रहरीले थप प्रहरी, सहायता कक्ष र उद्धार टोली परिचालन गरेको छ भने उपत्यकामा सवारी चाप घटेर सडकहरू तुलनात्मक रूपमा फुर्सदिला देखिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या ह्वात्तै बढेको छ। घटस्थापनादेखि अष्टमीसम्म आठ दिनको अवधिमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, असोज ६ गते घटस्थापना सुरु भएदेखि हिजोसम्म विभिन्न नाकाबाट यो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्। पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जनाले उपत्यका छाडेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यात्रुको चाप बढेसँगै सुविधाका लागि विभिन्न नाका र पार्किङस्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको बताए। यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय रहेको उनले जानकारी दिए।

ट्राफिक प्रहरीले चाडपर्वमा मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न चालकहरूलाई आग्रह गरेको छ। पछिल्लो २४ घण्टामा १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्।

घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारीसाधनको सङ्ख्या एक लाख ८९ पुगेको छ। यी यात्रुहरूको मुख्य गन्तव्य देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरू रहेका छन्।

यस्तै, सोही अवधिमा ७२ हजार ४१ सवारीसाधनबाट दुई लाख ८५ हजार ३०८ जना काठमाडौँ उपत्यकामा भित्रिएका छन्। विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँबसपार्क, जगतीलगायतका नाकाहरूमा यात्रुको भीडभाड देखिएको थियो। दसैँ नजिकिएसँगै काठमाडौँमा सवारी चाप घटेर सडकहरू तुलनात्मक रूपमा फुर्सदिला देखिन थालेका छन्।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...