साेमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

32
Share
Featured
  • नेपाल राष्ट्र बैंकले असोज १३ का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ, जसअनुसार अमेरिकी डलर १ को खरिददर रू. १४१.६६ र बिक्रीदर रू. १४२.२६ कायम भएको छ।
  • युरो, पाउन्ड, येन, युआन, रियाल, दिनारलगायतका मुद्राका खरिद/बिक्रीदर समेत निर्धारण गरिएको छ; जसमध्ये कुवेती दिनार सबैभन्दा उच्च दरमा रू. ४६४.३१ (खरिद) र रू. ४६६.२७ (बिक्री) रहेको छ।
  • भारतीय रुपैयाँ १०० को खरिददर रू. १६० र बिक्रीदर रू. १६०.१५ तोकिएको छ, भने दर आवश्यकतानुसार संशोधन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (असोज १३, सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो १ को खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा , स्वीस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १३ पैसा , क्यानेडियन डलर १ को खरिददर १०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ ४० पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, यूएई दिराम १ को खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ २१ पैसा र बिक्रीदर २२ रुपैयाँ ३० पैसा तोकिएको छ।

राष्ट्र बैंकले आज हङकङ डलर १ को खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार १ को खरिददर ४६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ २७ पैसा, बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा, ओमनी रियाल १ को खरिददर ३६८ रुपैयाँ ४३ पैसा र विक्रीदर ३६९ रुपैयाँ ९९ पैसा छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने उल्लेख गरेको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ। 

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १० रुपैयाँ, टनेल गोलभेँडा २० रुपैयाँ, रातो आलु ३० देखि ४७ रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो कायम गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...