'माटो' चुनाव चिन्हसहित हर्क साम्पाङको 'श्रम संस्कृति पार्टी' निर्वाचन आयोगमा

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार

14
Share
Featured
  • धरानका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
  • साम्पाङले सामाजिक सञ्जालमार्फत पार्टीको नाम र चुनाव चिन्ह ‘माटो’ भएको पुष्टि गरेका छन्।
  • स्वतन्त्र मेयरबाट सुरु गरेका उनले अब राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने संकेत दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

धरानका मेयर हर्कराज साम्पाङ राईले 'श्रम संस्कृति पार्टी' नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। असोज ७ गते निवेदन दिएको भए पनि यो खबर सञ्चारमाध्यममा सार्वजनिक भएपछि मात्र उनले यसलाई स्वीकार गरेका हुन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, 'निर्वाचन आयोगले सूचना आउट गरिहालेछ। पार्टीको नाम श्रम संस्कृति पार्टी हो। चुनाव चिन्ह–माटो हो।' उनले यस विषयमा कुनै भ्रममा नपर्न पनि आग्रह गरेका छन्।

स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका साम्पाङले नयाँ दल दर्ता गरेर राष्ट्रिय राजनीतिमा आउने संकेत दिएका छन्। उनको यो कदमलाई चासोका साथ हेरिएको छ।

यो समाचारमा

हर्कराज साम्पाङ राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...