प्रभु साहको ओलीलाई सुझाव: 'सार्वजनिक माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्'

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार

20
Share
Featured
  • आजपा अध्यक्ष प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिन सुझाव दिए।
  • साहले ओलीमा अझै हठ, घमण्ड र अहंकार कायमै रहेको भन्दै यसलाई बिडम्बना भने।
  • उनले एमालेले अब ओलीलाई अघि नबढाउनुपर्ने सुझाव दिँदै ओलीको राजनीतिक भूमिका र नेतृत्वबारे प्रश्न उठाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली लाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन्। सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीको बैठक तथा दशैं, दिपावली र छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन्।

अध्यक्ष साहले ओलीलाई गुण्डुमा भेला गर्नुको साटो सार्वजनिक रूपमै माफी मागेर राजनीतिबाट सन्यास लिँदा ओली स्वयंको हित हुने सुझाव दिए। उनले सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा हठ, घमण्ड र अहंकार अझै कायमै रहनु बिडम्बनापूर्ण रहेको बताए।

साहले एमालेले अब ओलीलाई अघि नबढाओस् भन्ने पनि आग्रह गरेका छन्। उनको यो भनाइले ओलीको राजनीतिक भूमिका र एमालेभित्रको नेतृत्वबारे प्रश्न उठाएको छ।

यो समाचारमा

सर्लाहीआम जनता पार्टीखड्गप्रसाद शर्मा ओलीप्रभु साह
नेपाल कम्युनिष्ट पार्टी (एमाले)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...