बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार ११:२८

16
Share
Featured
  • बर्दियाको ठाकुरबाबा नगरपालिका–९ मा जङ्गली हात्तीको आक्रमणबाट ४२ वर्षीया सीता खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
  • शनिबार राति खेतबाट फर्कने क्रममा हात्तीले आक्रमण गरेको थियो। मृतक बर्दिया राष्ट्रिय निकुञ्ज कर्मचारी चित्रबहादुर खत्रीकी पत्नी हुन्।
  • मृतकका तीन छोरी र एक छोरा रहेका छन्। घटनाले स्थानीय बासिन्दामा त्रास सिर्जना गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–९ हात्तीसार बस्ने ४२ वर्षीया सीता खत्रीको हात्तीको आक्रमणबाट ज्यान गएको हो।

शनिबार राति ११ बजेतिर खत्री घरदेखि करिब एक किलोमिटर दूरीमा रहेको खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले आक्रमण गरेको थियो। रातिको समयमा भएको यो आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए।

मृतक खत्रीको शवलाई आइतबार पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ। मृतक सीता खत्रीका श्रीमान् चित्रबहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुन्। उनका तीन छोरी र एक छोरा रहेका छन्। यो घटनाले स्थानीय बासिन्दामा त्रास बढाएको छ।

यो समाचारमा

बर्दियाबर्दिया राष्ट्रिय निकुञ्जकाठमाडौँठाकुरबाबा नगरपालिका

ट्यागहरू

#शव#बर्दिया राष्ट्रिय निकुञ्ज#आक्रमण#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    पर्यटकको नयाँ रोजाइमा बडीमालिकाको त्रिवेणी पाटन, पूर्वाधार निर्माण पनि तीव्र

    कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा, एमालेलाई सरकारको नेतृत्व सुम्पिने तयारी

    कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू