मेयर साम्पाङको प्रधानमन्त्री कार्कीलाई राजीनामा दिन अल्टिमेटम: 'जेनजीका माग म पूरा गर्छु'

Author

सजिलो पत्रिका

२०८२ असोज ११, शनिबार

33
Share
Featured
  • धरानका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै राजीनामा मागेका छन्।
  • साम्पाङले जेनजीका मागहरू आफूले एक–एक गरेर पूरा गर्ने दाबी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
  • उनको यस अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ, खासगरी सरकारले जेनजी आन्दोलनका माग सम्बोधन गर्न नसकेको आलोचना भइरहेका समयमा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै राजीनामा मागेका हुन्।

मेयर साम्पाङले जेनजीको माग आफूले एक-एक गरेर पूरा गर्ने दाबी समेत गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, "सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक एक गरेर।"

साम्पाङको यो भनाइले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्न सरकार असफल भएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भइरहेका बेला मेयर साम्पाङको यो माग आएको हो।


यो समाचारमा

काठमाडौँहर्कराज साम्पाङ राईधरान उपमहानगरपालिकासुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...