नारायणगढ-मुग्लिन सडक खण्ड दुई दिनपछि सञ्चालनमा, सयौं सवारी साधन गन्तव्यतर्फ

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

21
Share
Featured
  • मंगलबार दिउँसो तुइन खोलामा खसेको पहिरो दुई दिनको प्रयासपछि हटाइएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
  • सडक खुलेसँगै सयौँ सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।
  • दैनिक १० हजारभन्दा बढी सवारी चल्ने यस सडक खण्ड खुलेपछि यात्री र व्यवसायीले राहत महसुस गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा मंगलबार खसेको पहिरो दुई दिन लगाएर पन्छाएसँगै सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै रोकिएका सयौँ सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मंगलबार दिउँसो ४:३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिनको अथक प्रयासपछि सञ्चालनमा आएको हो।इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा पहिरो खसेको थियो।

गत एक सातादेखि यस सडकमा मालबाहक सवारीहरू रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिकरूपमा खुला भएको समयमा पार भएका थिए। दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने यस सडक खण्ड खुलेसँगै यात्रु तथा व्यवसायीहरूले राहत महसुस गरेका छन्।

यो समाचारमा

चितवनइच्छाकामना गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...