जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

Author

सजिलो पत्रिका

२०८२ असोज ०८, बुधबार

15
Share
Featured
  • कुल क्षति अनुमान: जेनजी आन्दोलनले सरकारी संरचना मात्र नभई निजी क्षेत्रलाई पनि ठूलो क्षति पुर्‍यायो, जसको प्रारम्भिक अनुमान ८० अर्ब रुपैयाँ रहेको छ। बीमा दाबी मात्र २२ अर्ब २५ करोड पुगेको छ।
  • ८१% अर्थतन्त्र र ८६% रोजगारी योगदान गर्ने निजी क्षेत्र निरन्तर आन्दोलनमा निशाना बन्नु गम्भीर विषय भएको महासंघले जनाएको छ। सरकारले राहत प्याकेजमार्फत मनोबल उकास्ने प्रयास गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीतल निवास र संघीय संसद भवनलगायतका सरकारी संरचनामा आगजनी गर्‍यो। यस आन्दोलनले निजी क्षेत्रलाई पनि ठूलो क्षति पुर्‍याएको छ, जसको प्रारम्भिक अनुमान ८० अर्ब रुपैयाँ रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

निजी क्षेत्रमाथि गम्भीर प्रहार:

मुलुकको आर्थिक क्षेत्रमा ८१% र रोजगारीमा ८६% योगदान गर्ने निजी क्षेत्र हरेक आन्दोलनमा निशानामा पर्नु गम्भीर विषय भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। सरकारले राहत प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने प्रयास गरेको छ।

मुख्य क्षतिका विवरण:

भाटभटेनी सुपरमार्केट: अध्यक्ष मिन बहादुर गुरुङका अनुसार १० अर्ब ८५ करोड बराबरको क्षति भएको छ। १२ वटा स्टोर पूर्णरुपमा जलेका छन् भने ९ वटामा आंशिक क्षति पुगेको छ। १६ वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। भाटभटेनीले कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने र दशैं भत्तासमेत दिने घोषणा गरेको छ।

एनसेल: लैनचौरस्थित मुख्य कार्यालयमा २ दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी गरियो। कार्यालयको पहिलो तल्ला क्षतिग्रस्त भयो र १०औं तल्लासम्म लुटपाट भयो। पोखरा, धनगढी र महेन्द्रनगरका कार्यालयमा पनि तोडफोड र आगजनी गरियो। कम्पनीले तीन दिनसम्म निःशुल्क सेवा प्रदान गरेको थियो।

होटल क्षेत्र: होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार होटल क्षेत्रमा २५ अर्ब बराबरको क्षति पुगेको छ। काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बको क्षति भएको छ। दाङको माला इन, मोरङको नेपालीरिका, पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटल र काठमाडौंको वर्णवास होटलमा पनि आक्रमण भयो।

चौधरी समूह: व्यवसायी विनोद चौधरीको गुर्जुधारामा रहेको सीजी पार्कमा आगजनी र तोडफोड भयो, जहाँबाट सामान लुटपाट गरियो। उनको निवासमा पनि आक्रमण र आगजनी भएको थियो। चौधरी समूहमा करिब ५ अर्बको क्षति भएको अनुमान छ।

केवलकार: चन्द्रागिरि केवलकारको बेस स्टेशनमा लुटपाट र तोडफोड भयो, जसका कारण केवलकार बन्द छ। मौलाकालिका केवलकारमा पनि ठूलो क्षति पुगेको छ।

गाडी सोरुम: काठमाडौंको थापाथली, पानीपोखरी, नक्साललगायतका स्थानका गाडी सोरुममा आगजनीका कारण ठूलो धनमालको क्षति भयो।

बीमा दाबी २२ अर्ब २५ करोड:

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ, जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

यो समाचारमा

मोरङपोखरामिन बहादुर गुरुङसर्वोच्च अदालत
दाङ8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...