जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटायो, जीडीपीमा ५ प्रतिशत नोक्सान: सीएनआई अध्यक्ष पाण्डे

Author

सजिलो पत्रिका

२०८२ असोज ०७, मङ्गलबार

15
Share
Featured
  • नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटाएको र कुल जीडीपीमा ५ प्रतिशत नोक्सान पुगेको बताएका छन्।
  • उनले उद्योग र लगानीको सुरक्षा सुनिश्चित गर्न सरकारले वित्तीय र मौद्रिक नीतिबाट सहुलियत दिनुपर्ने, कानुन सुधार गर्नुपर्ने र अल्पकालीन तथा दीर्घकालीन रणनीति आवश्यक रहेको बताए।
  • पाण्डेले ऊर्जा, पर्यटन, शिक्षा र कृषि क्षेत्रमा लगानी र काम अघि बढाउन जरुरी रहेको र केही ज्वाइन्ट भेन्चरको लगानी आन्दोलनका कारण रोकिएको जानकारी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटाएको बताएका छन्। आन्दोलनका कारण निजी र सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबलमा नकारात्मक असर परेको उनको भनाइ छ।

नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको 'अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो' विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले जेनजी आन्दोलनले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए।

"उद्योगहरूमा कुल जीडीपीको ५ प्रतिशत असर पुगेको छ। लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ," उनले भने, "अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट केकस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ।"
पाण्डेले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे। ठूला उद्योगका लागि निश्चित समय निर्धारण गरी सहुलियत दिनसक्नुपर्ने सुझाव उनको छ। "सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ, छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ," उनले भने।

उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ। "शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ। केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बढ्नुपर्छ," उनले भने।

पाण्डेले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकिएको धारणा राखे। उनले ऊर्जा, पर्यटन, शिक्षा र कृषि लगायतका क्षेत्रमा अब काम गर्न जरुरी रहेको बताए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...