जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार

22
Share
Featured

जेनजी आन्दोलनका कारण तोडफोड तथा आगजनीबाट २,४७८ बीमा दाबी दर्ता भई कुल दाबी रकम २२ अर्ब २५ करोड पुगेको छ।

सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा (१८६ अर्ब १० करोड) र मोटर बीमामा (२९ अर्ब ५२ करोड) परेका छन्।

प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी दाबी (१,३४३ दाबी, १७९ अर्ब ७७ करोड) दर्ता भएको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ५ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ४७८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३ ओटा बीमा दाबीका लागि ५२ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि सिद्धार्थ प्राइम इन्स्योरेन्सले २७९ ओटा बीमा दाबीका लागि ५० करोड ८३ लाख रुपैयाँ बराबर भुक्तानी गर्नुपर्ने देएिको छ ।

यस्तै, आईजीआई प्रुडेनशियल इन्स्योरेन्समा परेका १७० ओटा दाबीमा २७ करोड ६८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा ३७४ ओटा दाबीमा २३ करोड ९३ लाख रुपैयाँ र सगरमाथा लुजविनी इन्स्योरेन्समा परेका २५७ ओटा दाबी १५ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

बीमा प्रकारअनुसार हेर्दा सबैभन्दा बढी संपत्ति बीमामा दाबी दर्ता भएको छ । यस अन्तर्गत ५३८ दाबीबाट १८६ अर्ब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी माग भएको छ । त्यसपछि १ हजार ७७८ मोटर बीमा दाबी २९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । प्रदेशगत आधारमा बागमती प्रदेशमा सबैभन्दा धेरै दाबी परेका छन् । बागमतीमा १ हजार ३४३ दाबीबाट १७९ अर्ब ७७ करोड रुपैयाँ दाबी भएको छ । त्यसपछि कोशी प्रदेशमा ३२२ दाबीबाट १६ अर्ब ५० करोड रुपैयाँ दाबी गरिएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार बीमा व्यवसायमा पछिल्लो समय उत्पन्न असहज परिस्थितिका कारण दाबी संख्यामा उल्लेख्य वृद्धि भएको छ । समितिले कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रियामा ढिलाइ नगरी छिटोछरितो टुंगो लगाउन निर्देशन दिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल बीमा प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...