जेनजी आन्दोलनको प्रभाव क्षीण: राजनीतिक दलहरू पुरानै रवाफमा फर्किए

Author

सजिलो पत्रिका

२०८२ असोज ०४, शनिबार

31
Share
Featured
  • जेनजी आन्दोलनपछि संसद् विघटन, अन्तरिम सरकार र नयाँ निर्वाचन घोषणा भए पनि प्रमुख दलहरू पुरानै शैलीमा फर्किएका छन्।
  • नेताहरूले आन्दोलनको भावनालाई बेवास्ता गर्दै सत्ता स्वार्थमै केन्द्रित भएको देखिएको छ, जसले जनदबाब कमजोर बनाएको छ।
  • यस अवस्थाले युवा पुस्ता र राजनीतिक दलबीचको दूरी अझ बढ्ने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनले एक किसिमको सत्तापलट भएको दुई साता पनि नबित्दै नेपालका प्रमुख राजनीतिक दलहरू पुरानै रवाफका साथ सार्वजनिक भएका छन्। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि आफ्ना कार्यालय तथा घर छाडेर निस्किएका प्रायः सबै दलका नेताहरू संविधान दिवसको दिनसम्ममा सामाजिक सञ्जाल र भौतिक रूपमा आफ्नो कार्यक्षेत्रमा फर्किएका हुन्।

संसद् विघटन, अन्तरिम सरकार गठन र नयाँ निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरूले जेनजी आन्दोलनको कुनै अर्थ नभएको भन्दै पुरानै शैलीमा प्रस्तुत भएका छन्। आन्दोलनमा जीवन गुमाएकाहरूको क्रियाकर्मसमेत नसकिँदै र घाइतेहरू अस्पतालमै उपचाररत रहँदा नेताहरूको यस्तो व्यवहारले जेनजी आन्दोलनको भावनामाथि आक्रमण भएको टिप्पणी गरिएको छ।

राजनीतिक दलका नेताहरूले पुनः शेर बहादुर देउबा, खड्गप्रसाद शर्मा ओलीपुष्पकमल दाहाल 'प्रचण्ड' जस्ता शीर्ष नेताहरूको देवत्वकरण गर्दै आन्दोलन हुनुले झन् चिन्ता बढाएको प्रतिक्रिया दिएका छन्। यसले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई दलहरूले बेवास्ता गरेको र आफ्नो सत्ता स्वार्थमा मात्र केन्द्रित रहेको भन्ने सन्देश प्रवाह भएको छ।

जेनजी आन्दोलनले युवा पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनालाई उजागर गरेको थियो। तर, दलहरूको पछिल्लो गतिविधिले आन्दोलनबाट प्राप्त जनदबाबलाई बेवास्ता गर्दै यथास्थितिमा फर्कन चाहेको देखिन्छ। यसले आगामी दिनमा युवा वर्ग र राजनीतिक दलहरूबीचको दूरी अझ बढ्न सक्ने सम्भावनालाई संकेत गर्दछ। -राजधानी दैनिकबाट

यो समाचारमा

शेर बहादुर देउबाखड्गप्रसाद शर्मा ओलीकाठमाडौँपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...