जेनजी आन्दोलनपछि बन्द भएको शेयर कारोबार आजदेखि पुनः सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ असोज ०२, बिहिबार

12
Share
Featured
  • भदौ २४ देखि बन्द रहेको शेयर बजार आजदेखि पुनः सञ्चालन हुने भएको छ, नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेप्सेले कारोबार सुचारु गर्ने निर्णय गरेको हो।
  • असोज १ गते बजार खुल्ने भनिए पनि जेनजी आन्दोलनका सहिदको सम्मानमा राष्ट्रिय शोक दिवस भएकाले कारोबार हुन सकेको थिएन।
  • लामो समयपछि बजार खुलेसँगै लगानीकर्तामा उत्साह र अन्यौल दुवै देखिएको छ; विशेष गरी साना लगानीकर्ता बजार फेरि घट्ने डरमा छन् भने ट्रेडरहरूले ठूलो घाटा व्यहोरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । 

यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो ।

बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नुपर्ने भन्दै दबाब समेत दिएका थिए । तर, लगानीकर्ताहरुमा उतिकै अन्यौल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ । बजार बन्द हुँदा ठूला–साना सबै किसीमका  लगानीकर्ताहरुलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमीत रुपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।

यो समाचारमा

नेपाल धितोपत्र बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रेमिट्यान्स आप्रवाहमा ३८.२ प्रतिशतको छलाङ, ११ महिनामा साढे १४ अर्ब अमेरिकी डलर भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८०

    Data is loading...

    Loading brands...

    Loading footer...