टेलिकमले ल्यायो 'संविधान दिवस अफर २०८२': असोज २ देखि ४ गतेसम्म लागू

Author

सजिलो पत्रिका

२०८२ असोज ०२, बिहिबार

37
Share
Featured
  • नेपाल टेलिकमले संविधान दिवस (२०७२ घोषणा भएको एक दशक) अवसरमा ‘संविधान दिवस अफर २०८२’ असोज २–४ गतेसम्म लागू गर्ने घोषणा गरेको छ।
  • अफरमा रु ४९ मा १ दिनका लागि अनलिमिटेड १ Mbps डाटा र १०० मिनेट भ्वाइस, साथै रु १११ देखि ३९९ सम्म विभिन्न डाटा प्याकेज उपलब्ध हुनेछन्।
  • रु ७८९ को ‘फेस्टिभ कम्बो प्याक’ अन्तर्गत ३० GB डाटा, ६०० मिनेट ‘अल नेट भ्वाइस’ र २०० SMS सुविधा (प्रिपेड–२८ दिन, पोस्टपेड–३० दिन) पाउने व्यवस्था छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ।

यसअन्तर्गत ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ।

यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत १११ मा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, १९९ मा सात दिनसम्म चलाउन सकिने १३ जिबी, २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ। 

टेलिकमले यही अफरअन्तर्गत रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ।

यो समाचारमा

काठमाडौँनेपाल टेलिकम

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...