श्रीलंकाले एसिया कपमा हङकङलाई चार विकेटले हरायो

Author

सजिलो पत्रिका

२०८२ भदौ ३१, मङ्गलबार

10
Share
Featured
  • एसीसी टी–२० एसिया कपमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराउँदै लगातार दोस्रो जितसहित समूह बी मा शीर्ष स्थान कायम राखेको छ।
  • श्रीलङ्काले १८ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै हङकङले दिएको १५० रनको लक्ष्य पूरा गर्यो; ओपनर पाथुम निसांकाले ६८ रन बनाए।
  • हङकङका निजाकत खानले सर्वाधिक ५२ रन बनाए; श्रीलङ्काले अन्तिम खेल पर्सि अफगानिस्तानसँग खेल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एसीसी टी–२० एसिया कपमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले लगातार दोस्रो जित सहित शीर्ष स्थानमा रहँदै सुपर चार को सम्भावना बलियो बनाएको छ ।

हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काको जितमा ओपनर पाथुम निसांकाले ६८ रन बनाए । हङकङका कप्तान यासिम मुर्तजाले दुई विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४९ रन बनाएको थियो ।

हङकङका निजाकत खानले सर्वाधिक ५२ रन बनाए । समूह बी मा रहेको श्रीलङ्का दुई खेलमा चार अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्काले अन्तिम खेल पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

यो समाचारमा

श्रीलंकाकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...