यातायात व्यवस्था विभागद्वारा अत्यावश्यक लाइसेन्स छपाइ अनिश्चितकालका लागि स्थगित

Author

सजिलो पत्रिका

२०८२ भदौ २९, आइतबार

14
Share
Featured
  • अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ।
  • प्रिन्टिङ प्रणालीमा समस्या देखिएको कारण वैशाख २५ गतेदेखि छपाइ रोकिने व्यवस्था गरिएको हो।
  • हालसम्म विदेश अध्ययन/रोजगारी, शान्ति सेना र एनआरएनका लागि मात्र छपाइ भइरहेको थियो; समस्या समाधान नभएसम्म जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ। आइतबार एक सूचना जारी गर्दै विभागले प्रिन्टिङ प्रणालीमा समस्या देखिएकाले वैशाख २५ गतेदेखि नै छपाइ रोकिएको जानकारी दिएको छ।

हालसम्म अध्ययन वा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेनामा खटिने सुरक्षाकर्मी र गैरआवासीय नेपाली (एनआरएन) हरूका लागि मात्र अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो। विभागका अनुसार, प्रिन्टिङ प्रणालीमा देखिएको समस्या समाधान नभएसम्म अत्यावश्यक चालक अनुमतिपत्र छपाइ बन्द रहनेछ। समस्या समाधानका लागि कार्य भइरहेको विभागले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...