राष्ट्रसङ्घद्वारा नेपालकी प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

Author

सजिलो पत्रिका

२०८२ भदौ २८, शनिबार

15
Share
Featured
  • संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिङ्गर हम्डीले नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई र शुभकामना व्यक्त गरिन्।
  • राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ।
  • हालैको आन्दोलनमा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेल, प्रधानसेनापति र युवा नेताहरूको योगदानलाई स्मरण गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईका साथै शुभकामना सन्देश दिएकी छिन्।

संयुक्त राष्ट्रसङ्घद्वारा शुक्रबार जारी विज्ञप्तिमा नेपालका जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकाङ्क्षामा संयुक्त राष्ट्रसङ्घको निरन्तर साथ रहने उल्लेख गरिएको छ। सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र युवा पुस्ताका नेताहरूको योगदानलाई विशेष रूपमा स्मरण गरिएको छ।

साथै, हालैका आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। प्रधानमन्त्री कार्कीको नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसङ्घले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ। परिवर्तनका क्रममा ज्यान गुमाउनेहरूप्रति पुनः श्रद्धाञ्जली अर्पण गरिएको विज्ञप्तिमा उल्लेख छ।

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...