काठमाडौं उपत्यकामा प्रहरी सक्रिय बन्दै ,खटिन थाल्यो टोली

Author

सजिलो पत्रिका

२०८२ भदौ २६, बिहिबार

13
Share
Featured

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूको नियन्त्रणबाहिर रहेको सुरक्षा निकायमध्येको नेपाल प्रहरी सक्रिय बन्न थालेको छ । 

काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार, ड्युटीका लागि प्रहरी खटाउन थालिएको छ । “प्रहरी अब सक्रिय बन्दै गएको छ । सडकमा पनि केही प्रहरी खटाउन थालेका छौँ,” प्रहरीका एक अधिकृतले भने ।  भदौ २३ र २४ मा ‘जेनजी’ आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले काठमाडौं उपत्यकाका प्रहरी वृत्तमा आगजनी गर्नुका साथै हातहतियार र पोसाक खोसेका थिए ।

त्यस्तै, हिरासतबाट भागेका कैदीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ । लुटिएका हातहतियार पनि फिर्ता दिन र पोसाकको दुरुपयोग नगर्न भन्दै सर्वसाधारणसँग सूचना माग गरेको छ । 

प्रदर्शनकारीहरूको आक्रमणमा परेपछि प्रहरी सैनिक व्यारेक पुगेका थिए । देशमा सिर्जिन अवस्थालाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले सुरक्षा जिम्मा लिएको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...