गोकुल बास्कोटाको भनाइ: 'जेन्जि पुस्ता संगठित भए कसैले रोक्न सक्दैन'

Author

सजिलो पत्रिका

२०८२ भदौ २२, आइतबार

29
Share
Featured
  • नेता गोकुल बास्कोटाले जेन्जि पुस्ता संगठित भएर अघि बढे कसैले रोक्न नसक्ने बताएका छन्।
  • उनले बेबी ब्रुमर पुस्ताले थर्काएको भए पनि नयाँ पुस्ताले भविष्यमा निर्णायक भूमिका खेल्ने टिप्पणी गरे।
  • उनले राजनीति सधैं परिवर्तनशील हुने र समयको प्रवाहलाई कसैले रोक्न नसक्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले जेन्जि पुस्ता राजनीतिक आन्दोलनमा संगठित भएर अगाडि बढे कसैले रोक्न नसक्ने बताएका छन्। भ्रष्टाचारविरुद्ध भोलि माइतीघर मण्डलामा हुने भनिएको जेन्जि पुस्ताको विरोध प्रदर्शनलाई संकेत गर्दै बास्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, 'जेन्जि र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेका छन्। हाहुमा होइन, क्षितिजपारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।'

नेता बास्कोटाले समयको प्रवाहलाई कसैले रोक्न नसक्ने भन्दै राजनीतिको चरित्र सधैं परिवर्तनशील हुने पनि टिप्पणी गरे। उनले भने, "मौसम दुई महिनामा हल्का रङ फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृत्तिसँग किन गुनासो ? हरेक दशकले त्यो चटक भोग्दै आएको छ।"

यो समाचारमा

काठमाडौँगोकुलप्रसाद बास्कोटानेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...