गृहमन्त्री लेखकको जोड: लिम्पियाधुरा, कालापानी, र लिपुलेक नेपालकै भूमि

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

21
Share
Featured
  • गृहमन्त्री लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालकै भूमि भएको स्पष्ट पारे।
  • उनले भारत र चीनलाई चित्त दुखाउनु पर्ने कुनै कारण नभएको र नेपालको भूमि नेपालको भन्नाले सम्बन्ध बिग्रिन नहुने बताए।
  • उनले नेपालको भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। उनले यी क्षेत्रलाई नेपालको भन्दा छिमेकी राष्ट्रहरूले दुःख मान्नु नपर्ने बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले भारत र चीनले लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौताप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको धारणा राखे।

'लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो,' उनले भने, 'हामीले हाम्रो भूमि हाम्रो हो भन्दा कुनै पनि देशसँग सम्बन्ध बिग्रिनु पर्ने कारण छैन। यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन। त्यो भूमि हाम्रो हो, र यसमा हामी प्रष्ट छौं।' गृहमन्त्री लेखकले नेपालको भूमि कुनै पनि राष्ट्रको विरुद्धमा प्रयोग हुन नदिने पनि प्रतिबद्धता व्यक्त गरे।

यो समाचारमा

कालापानीरमेश लेखककाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...