चीनमा क्षेत्रीय सुरक्षा शिखर सम्मेलन सुरु: पुटिन र मोदीसहित २० राष्ट्रका प्रमुख नेता सहभागी

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

22
Share
Featured
  • सम्मेलनमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीसहित झन्डै २० राष्ट्रका नेताहरू सहभागी छन्।
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीबीच विशेष भेटवार्ता भएको छ।
  • क्षेत्रीय शान्ति, स्थायित्व र विकासका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले सदस्य राष्ट्रहरूबीच एकता र सहयोगलाई प्राथमिकता दिन आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनमा जारी क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा विश्वका प्रमुख नेताहरूको उपस्थिति रहेको छ, जसमध्ये रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख छन्। झन्डै २० राष्ट्रका नेताहरू सहभागी यस सम्मेलनको क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष वार्ता गरेका छन्। मोदी सात वर्षपछि चीनको भ्रमणमा गरेका छन्।

यो शिखर सम्मेलन यस्तो समयमा भइरहेको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले भारतमाथि कडा व्यापारिक शुल्क लगाएका छन्, जसले गर्दा भारतका लागि यो सम्मेलनको महत्व अझ बढेको बीबीसीले जनाएको छ। यो भेटवार्तालाई दुई एसियाली शक्तिहरूबीचको सम्बन्धमा नयाँ आयामका रूपमा हेरिएको छ।

सम्मेलनको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षेत्रीय शान्ति र स्थायित्व कायम राख्न सम्मेलनले ठूलो जिम्मेवारी वहन गरिरहेको बताए। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, बढ्दो अनिश्चितता र तीव्र परिवर्तनको यस विश्वमा विकासलाई बढावा दिनु महत्त्वपूर्ण भएको उनले जोड दिए।

सम्मेलनमा सहभागी हुन चीनको बन्दरगाह शहर तियान्जिन पुगेका अन्तर्राष्ट्रिय पाहुनाहरूलाई स्वागत गर्न आयोजित रात्रिभोजमा सीले यस्तो बताएका हुन्। सीले सबै पक्षको संयुक्त प्रयासबाट शिखर सम्मेलन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गरेका छन्। उनले शाङ्घाई सहयोग संगठन (एससीओ) ले भविष्यमा अझ ठूलो भूमिका खेल्ने र थप प्रगति हासिल गर्ने अपेक्षा राखे।

सम्मेलनले सदस्य राष्ट्रहरूबीच एकता र सहयोग बढाउने, शक्ति एकत्रित गर्ने र मानव सभ्यताको थप प्रगतिका लागि कोशेढुङ्गा बन्ने विश्वास चिनियाँ राष्ट्रपतिले व्यक्त गरेका छन्। आजसम्म चल्ने यस शिखर सम्मेलनले क्षेत्रीय सुरक्षा र आर्थिक सहयोगका लागि महत्वपूर्ण मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

शी जिनपिङकाठमाडौँडोनाल्ड जोन ट्रम्पचीन
भारत6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...