काठमाडौँ ।
कञ्चनपुर जिल्लाकी १७ वर्षीया सम्झना भट्टको रहस्यमय मृत्यु प्रकरणमा उनका श्रीमान् पवन भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। यो घटना गत साउन १८ गते बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलस्थित सम्झनाको आफ्नै घरमा उनी झुण्डिएको अवस्थामा मृत फेला परेपछि सार्वजनिक भएको थियो।
यस प्रकरणमा सम्झनाका ससुरा हरिदत्त भट्ट र नन्द पूजा भट्टलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने सासु किरण भट्टलाई साधारण तारेखमा छाडिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ।
सम्झनाको माइती पक्षले यस घटनालाई आत्महत्या नभई हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आत्महत्या दुरुत्साहनको जाहेरीका आधारमा श्रीमान्, सासु, नन्द र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो।
प्रहरीले यस घटनाको गहिरो अनुसन्धान गरिरहेको छ, र न्यायको माग गर्दै आएका पीडित परिवारलाई आशा छ कि सत्य बाहिर आउनेछ।