नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने तयारी

Author

सजिलो पत्रिका

२०८२ भदौ १३, शुक्रबार

39
Share
Featured
  • शिक्षक महासंघले सहमति कार्यान्वयन नभएको भन्दै नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा धर्ना दिएका छन्।
  • आन्दोलनको पहिलो चरणअन्तर्गत नेपाली कांग्रेस र एमालेको कार्यालयमा पनि धर्ना दिइसकिएको छ।
  • महासंघले विधेयकमा केही सकारात्मक कुरा भए पनि मुख्य मागहरू सम्बोधन नभएको भन्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराइरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल शिक्षक महासंघले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यलयमा पेरिसडाँडामा शुक्रबार धर्ना दिएका छन। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

यसअघि शिक्षक महासंघले आफ्नो पहिलो चरणको आन्दोलन अन्र्तगत नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी कार्यालय घर्ना दिएर ध्यानाकर्षण पत्र बुझाइसकेको छ । सोही अनुसार शुक्रबार शिक्षक महासंघले माओवादीको कार्यालयमा धर्नामा बसेका हुन् । सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन नभएको र त्यसलाई सच्चाउनका लागि दवाव दिन शिक्षकहरु पुनः आन्दोलनमा होमिएका हुन  ।

विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले त्यसलाई सच्चाउनका लागि ध्यानाकर्षण गराउन पार्टीका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसनेपाल शिक्षक महासंघ
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...