सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ भदौ १३, शुक्रबार

18
Share
Featured
  • सुदूरपश्चिम प्रदेशमा गौरा पर्व धूमधामसँग मनाइँदैछ; आज दोस्रो दिन ‘नानी गौरा’ मनाइएको छ।
  • बर्तालु महिलाले हिजो भिजाइएको बिरुडा धुने, गौराको प्रतिमूर्ति बनाई धारा वा तलाउमा पूजा गर्ने चलन छ।
  • गौरा पर्व पार्वतीले भगवान् शिव प्राप्तिका लागि गरेको तपस्याको सम्झनामा मनाइन्छ, र भोलि सप्तमीका दिन गौरालाई भित्र्याउने परम्परा रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो बिहीबार पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ । आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ । साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ । बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन छ ।

पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ ।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि शानिबार तेस्रो दिन सप्तमीका दिनमा गौरालाई भित्र्ययाउने चलन छ ।

यो समाचारमा

काठमाडौँसुदूरपश्चिम प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...