यूएईको मध्यस्थतामा रुस र युक्रेनद्वारा २९२ युद्धबन्दी साटासाट

Author

सजिलो पत्रिका

२०८२ भदौ ०९, सोमबार

27
Share
Featured
  • रुस र युक्रेनले यूएईको मध्यस्थतामा १४६–१४६ जना गरी कुल २९२ युद्धबन्दी साटासाट गरेका छन्।
  • यसपटकको साटासाटमा युक्रेनले कुर्स्क क्षेत्रका ८ जना रुसी नागरिक पनि मुक्त गरेको रुसले जनाएको छ।
  • रुसले युक्रेनमाथि कुर्स्क आणविक विद्युत् गृहमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ, जसबाट आगलागी र संरचनागत क्षति भएको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।  

रुस र युक्रेनले संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा पुनः ठूलो संख्यामा युद्धबन्दी साटासाट गरेका छन्। दुवै पक्षले १४६–१४६ जना गरी कुल २९२ जना बन्दी रिहा गरेका हुन्।

रुसी रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत सो कुराको जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, “अगस्ट २४ मा, युक्रेनको नियन्त्रणमा रहेका १४६ रुसी सैनिकहरूलाई फिर्ता ल्याइएको छ। बदलामा, युक्रेनी सशस्त्र बलका १४६ युद्धबन्दीलाई युक्रेन पठाइएको छ।” मन्त्रालयका अनुसार, मुक्त भएका रुसी सैनिकहरूलाई हाल बेलारुसमा मनोवैज्ञानिक तथा चिकित्सकीय उपचारका लागि राखिएको छ।

यो वर्ष मात्रै विभिन्न चरणमा सयौँ युद्धबन्दीहरू साटासाट भइसकेका छन्। गत मेदेखि जुलाईसम्म इस्तानबुलमा भएका तीन चरणका वार्ताको सबैभन्दा ठोस परिणामका रूपमा कैदी आदानप्रदानलाई लिइएको छ। यसपटकको आदानप्रदानमा युक्रेनले अवैध रूपमा नियन्त्रणमा राखेका आफ्नो कुर्स्क क्षेत्रका ८ जना नागरिकलाई पनि मुक्त गराइएको रुसले जनाएको छ।

आणविक केन्द्रमा आक्रमणको आरोप

यसैबीच, रुसले आइतबार राति युक्रेनमाथि आफ्नो कुर्स्क आणविक विद्युत् गृहमा ड्रोन आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। रुसी अधिकारीहरूका अनुसार उक्त आक्रमणका कारण विद्युत् गृहमा आगलागी भएको र एक सहायक ट्रान्सफर्मर क्षतिग्रस्त भएको छ। युक्रेनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

यो समाचारमा

युक्रेनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...