बैतडीमा सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि

Author

सजिलो पत्रिका

२०८२ भदौ ०५, बिहिबार

19
Share
Featured
  • बैतडी जिल्लाका चार नगरपालिकामा हालसम्म ७ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
  • दशरथचन्दमा ३, पुर्चौडीमा २, मेलौली र पाटनमा १–१ जनामा संक्रमण देखिएको हो।
  •  स्थानीय तहहरूले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेका छन्, जसमा विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयलाई सक्रिय सहभागिताको आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बैतडी जिल्लामा हालसम्म सात जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न चारवटा नगरपालिकामा सङ्क्रमित भेटिएपछि नियन्त्रणका लागि अभियान थालिएको छ।

स्वास्थ्य कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई तथा मेलौली र पाटन नगरपालिकामा एक-एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो।

सङ्क्रमण फैलिएसँगै रोकथामका लागि स्थानीय तहहरूले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन्। तीन महिनासम्म चल्ने उक्त अभियानमा सक्रिय रूपमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकी लगायत सरकारी कार्यालयहरूलाई अनुरोध गरिएको छ।

यो समाचारमा

पुर्चौडी नगरपालिकादशरथचन्द नगरपालिकापाटन नगरपालिकाकाठमाडौँ
बैतडी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...