अन्तर्राष्ट्रिय युवा दिवस आज, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ साउन २७, मङ्गलबार

14
Share
Featured
  • ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारासहित देशभर विविध कार्यक्रम गरिँदैछ।
  • भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे सुरु हुने मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्।
  • युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा २८५ सदस्यीय मूल समारोह समिति र राष्ट्रिय युवा परिषद्को नेतृत्वमा १७ सदस्यीय सचिवालय गठन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज अगष्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

यस अवसरमा आयोजना हुने मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। समारोह बिहान १० बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु हुनेछ।

दिवसलाई भव्य रूपमा मनाउनका लागि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहितको मूल समारोह समिति गठन गरिएको छ। त्यसैगरी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रम कार्यान्वयनका लागि १७ सदस्यीय सचिवालय पनि क्रियाशील छ।

सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने निर्णय गरेपछि सन् २००० देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। यसको पृष्ठभूमि सन् १९९८ मा पोर्चुगलको लिसवनमा भएको युवा मामिला हेर्ने मन्त्रीहरूको विश्व सम्मेलनसँग जोडिएको छ, जसले युवाको पक्षमा महत्त्वपूर्ण घोषणापत्र जारी गरेको थियो।

यो समाचारमा

तेजुलाल चौधरीरामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...