रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो: प्रधानमन्त्री ओली

Author

सजिलो पत्रिका

२०८२ साउन २४, शनिबार

21
Share
Featured
  • जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक, ऋषि तर्पणीलाई विद्वानहरूको ज्ञानप्रति सम्मान, र रक्षा बन्धनलाई आत्मीय सम्बन्ध अटल बनाउने पर्वका रूपमा वर्णन गरिएको छ।
  • ओलीले जनै पूर्णिमालाई वर्षे बाली लगाइसकेपछि गेडागुडी खाने तथा चिसोबाट बच्ने सांस्कृतिक परम्परा भनेर पनि उल्लेख गरेका छन्।
  • प्रधानमन्त्री ओलीले जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको अवसरमा शुभकामना व्यक्त गर्दै रक्षा बन्धनले आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वको रूपमा मनाइने बताएका छन् । उनले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीकको रूपमा उल्लेख गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ऋषि तर्पणीलाई प्राचीन विद्वानहरूले मानव सभ्यतालाई दिएको ज्ञानको सम्मानमा मनाइने पर्वको रूपमा व्याख्या गरे।

उनले लेखेका छन्, "आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाउँछौं। वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्।"

आफ्नो सन्देशमा उनले भने, "जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइन्छ। प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइन्छ। सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना !"


यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...