२०८४ मा माओवादीले एकल बहुमत ल्याउँछः अग्नि सापकोटा

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार

37
Share
Featured
  • माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आगामी प्रतिनिधि सभा चुनावमा पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्।
  • 'हुलाकी राजमार्ग' र 'मध्यपहाडी लोकमार्ग' जस्ता परियोजनाहरूले जनताको समर्थन बढाएको र पार्टीमा नयाँ ऊर्जा भरिएको उनले बताए।
  • विगतका गठबन्धन र वर्ग दृष्टिकोणका कमजोरी स्वीकार गर्दै सापकोटाले अब पार्टी शुद्धीकरण र जनताको मुद्दा उठाउने बाटोमा लागेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आगामी २०८४ सालको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्।

उनले हालै सञ्चालन गरिएको 'हुलाकी राजमार्ग' र 'मध्यपहाडी लोकमार्ग' जस्ता अभियानहरूले पार्टीलाई जनतासँग जोडेको र नयाँ ऊर्जा दिएको बताए।

सापकोटाले विगतमा पार्टीको 'वर्ग दृष्टिकोण भुत्ते' भएको र अन्य दलसँगको गठबन्धनले गर्दा जनता र शहीद परिवारबाट केही टाढिएको कमजोरी स्वीकार गरे। तर, अब पार्टीले आत्मासमीक्षा गर्दै शुद्धीकरणको बाटोमा अघि बढेको उनको भनाइ छ।

उनले स्ववियु र पत्रकार महासंघको निर्वाचनमा अन्य दलको गठबन्धनका बाबजुद पनि पार्टीले राम्रो नतिजा ल्याएको उल्लेख गर्दै माओवादीले फेरि जनताका मुद्दालाई उठाएकाले बहुमत जित्ने विश्वास व्यक्त गरे।

यो समाचारमा

प्रतिनिधि सभाअग्नि सापकोटानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...