कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुँदै

Author

सजिलो पत्रिका

२०८२ साउन १९, सोमबार

24
Share
Featured
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) साँझ ७ बजेसम्म सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
  • यस वर्ष देशभरबाट ५ लाख ११ हजार ५२५ जना परीक्षार्थी सहभागी भएका थिए, जसमा ३ लाख ९५ हजार ९०८ नियमित र १ लाख १५ हजार ६१७ आंशिक परीक्षार्थी थिए।
  • नतिजा प्रकाशित भएपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा एसएमएस सेवामार्फत आफ्नो नतिजा थाहा पाउन सक्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज (सोमबार) साँझसम्म सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। बोर्डका अनुसार, कुनै प्राविधिक समस्या नआएमा साँझ ७ बजेसम्म नतिजा प्रकाशन गरिनेछ।

यससँगै परीक्षामा सहभागी पाँच लाखभन्दा बढी विद्यार्थीको लामो प्रतीक्षा आज समाप्त हुँदैछ।

बोर्डले सुरुमा वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने तालिका बनाएको थियो। तर, शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछि सारिएको थियो। फलस्वरूप, परीक्षा गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो।

यस वर्षको परीक्षामा देशभरबाट कुल पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। बोर्डका अनुसार, तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ जना र आंशिक (ग्रेड वृद्धि) तर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थीले परीक्षा दिएका थिए।

नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट तथा एसएमएस सेवामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

यो समाचारमा

काठमाडौँराष्ट्रिय परीक्षा बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...