कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

Author

सजिलो पत्रिका

२०८२ जेठ २७, मङ्गलबार

27
Share
Featured

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको कान्स फिल्म फेस्टिभल भ्रमणसम्बन्धी खर्चबारे प्रारम्भिक छानबिन सुरु गरेको छ।

फ्रान्सको पेरिसमा आयोजित ७७औं कान्स फिल्म फेस्टिभलमा मेयर शाह र उनको टोलीको सहभागिताबारे प्रश्न उठेपछि आयोगले छानबिन अघि बढाएको हो। स्रोतका अनुसार, आयोगले प्रारम्भिक अध्ययनमै खर्च र प्रक्रिया असंगत देखिएपछि थप अनुसन्धान अघि बढाएको छ।

महालेखा परीक्षकको प्रतिवेदन २०८२ अनुसार, काठमाडौं महानगरले सो भ्रमणमा ५२ लाख ५४ हजार रुपैयाँभन्दा बढी खर्च गरेको छ। तर, अधिकांश भुक्तानी नियमअनुसार नभएको भन्दै आपत्ति जनाइएको छ। स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ अनुसार, विशिष्ट श्रेणीबाहेकका कर्मचारीको भ्रमण संघीय मामिला मन्त्रालयको स्वीकृतिमा हुनुपर्ने प्रावधान उल्लंघन भएको देखिएको छ।

छानबिनका क्रममा आयोगले मेयर सचिवालयका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकारलाई बयानका लागि बोलाएको छ। लम्साल ब्राजिल भ्रमणको हवाई खर्चमा महालेखाको प्रश्न रहेको छ भने ब्यन्जनकार मेयरसँगै कान्स भ्रमणमा सहभागी थिए। हालका लागि मुद्दा चलाउने अवस्था नदेखिए पनि आयोगले उनीहरूको बयानले थप अनुसन्धानका दिशा तय गर्ने जनाएको छ। कतिपय विषय रकम फिर्तासँग पनि जोडिन सक्ने सम्भावना रहेको अधिकारीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँ उपत्यकामा २४ घण्टामा २५५६ सवारीचालक कारबाहीमा

    काठमाडौँ।काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५५६ सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा २२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन (मापासे) गरेका १०६, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १५४, ट्राफिक सङ्केत बत्ती मिच्ने

    Data is loading...

    Loading brands...

    Loading footer...