स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

Author

सजिलो पत्रिका

२०८२ जेठ २७, मङ्गलबार

49
Share
Featured

रौतहट। 

राैहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा बर्ष १९ को राधेश्याम दास र बिजय दासका छोरा बर्ष १८ को राजु दास रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।

उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शिर्षक मुद्धामा म्याद थप भै अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्। गत शनिवार राती मावि भसेढवाको बिद्यालय भवनकी दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट थान १ चोरी गरी लगेको थियो।

चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलिपल्ट आईतवार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा बिद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै विद्यालयमा पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

माबी भासेढवामा यसभन्दा अगाडि दुई पटक चोरी भएको थियो । २०७७ साल र २०८१ सालमा विद्यालयको कम्प्युटर लगायतको सामान चोरी भएको प्रधानाध्यापक राममंगल यादवले बताएका छन्। विद्यालयको छेउमै घर भएको आरोपीहरुले विद्यालयमा यस अघि पटक पटक चोरी गरेको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

रौतहटको सामुदायिक विद्यालयमा चोरीको घटना हुँदा राजनीतिक दवाब देखि अनेकन प्रभाव परेको कारण घटना लाई भित्र भित्रै मिलाउने परम्पराको कारण चोरको मनोबल उच्च भएको स्थानीयहरूले बताएका छन्।

यो समाचारमा

कटहरिया नगरपालिकारौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसवर्ष परीक्षाको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो । यसअघि एसईईको नतिजा २९ दिनमा सार्वजनिक गरिएको थियो ।यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् ।गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८

    Data is loading...

    Loading brands...

    Loading footer...