माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन

Author

सजिलो पत्रिका

२०८२ जेठ २६, सोमबार

56
Share
Featured

भक्तपुर । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा आज आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ ।

नेपालको कम्युनिष्ट अन्दोलनका अग्रज एवं समाजसेवी श्रेष्ठको मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । यस्तै, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू शशी श्रेष्ठ, लिलामणि पोखरेल, केन्द्रीय नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा (दीपशिखा) लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै, पार्थिव शरीरमा विराट नेपाल भाषा साहित्य गुथिको झण्डासमेत ओढाइएको थियो ।

नेताहरूले श्रेष्ठको निधनले भक्तपुरमा माओवादी आन्दोलनको एक युगको समाप्त भएको प्रतिक्रिया दिँदै उनको योगदानलाई पार्टीले कहिल्य बिर्सन नहुने बताएका थिए  । उनको आजै दक्षिणबाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ ।


यो समाचारमा

भक्तपुरनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसवर्ष परीक्षाको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो । यसअघि एसईईको नतिजा २९ दिनमा सार्वजनिक गरिएको थियो ।यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् ।गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८

    Data is loading...

    Loading brands...

    Loading footer...