पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको बढ्यो

Author

सजिलो पत्रिका

२०८२ साउन १५, बिहिबार

75
Share
Featured
  • पेट्रोल सस्तो: पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।
  • अन्य इन्धन महँगो: डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर २१ डलरले बढेको छ।
  • एलपी ग्यास यथावत: खाना पकाउने ग्यास (एलपी ग्यास)को खुद्रा मूल्यमा कुनै परिवर्तन गरिएको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ । समायोजित नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...