विषालु च्याउ खाँदा जुम्लामा एकै परिवारका पाँच जना बिरामी

Author

सजिलो पत्रिका

२०८२ साउन १२, सोमबार

32
Share
Featured
  • जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा एकै परिवारका पाँच जना सदस्यले जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका छन्।
  • बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
  • घटनापछि प्रहरी टोलीले उद्धारमा सहयोग गरेको र स्थानीयहरूलाई नचिनेको जंगली च्याउ नखान आग्रह गरिएको छ, किनकि उक्त क्षेत्रमा हरेक वर्ष यस्ता घटनाहरू हुने गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जुम्लाको गुठिचौर गाउँपालिकामा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गुठिचौर गाउँपालिका–१ मणिसाँघुका ६० वर्षीय लेखकमान महतराको परिवारले आइतबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ खाएको थियो। च्याउ खाएपछि उनीहरूमा पेट दुख्ने र वान्ता हुने लक्षण देखिएको थियो।

बिरामी पर्नेहरूमा लेखकमान महतरासहित ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय बालक पुजन बिष्ट रहेका छन्।

घटनाको जानकारी पाउनासाथ मणिसाँघु प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर बिरामीको उद्धारमा सहयोग गरेको थियो। स्थानीयका अनुसार त्यस क्षेत्रमा बर्सेनि विषालु च्याउका कारण मानिसहरू बिरामी पर्ने गरेका छन्। प्रहरीले नचिनेको जंगली च्याउ सङ्कलन तथा सेवन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...