सार्वजनिक तथ्यांकअनुसार : इलेक्ट्रिक गाडी, डिजेल र पेट्रोलबाट सबैभन्दा बढी राजस्व

Author

सजिलो पत्रिका

२०८२ साउन ०६, मङ्गलबार

77
Share
Featured

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा डिजेल, पेट्रोल र इलेक्ट्रिक गाडी आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । गएको आर्थिक वर्षमा कुल चार खर्ब ७७ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ भन्सारबाट राजस्व उठेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गएको वर्ष भन्सार राजस्व ५७ अर्ब ८३ करोड चार लाख रुपैयाँले बढेको छ । गएको आर्थिक वर्षमा १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा चार खर्ब २० अर्ब १६ करोड रुपैयाँ भन्सार राजस्व उठेको थियो । सो आर्थिक वर्ष कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

गएको आर्थिक वर्षमा सबैभन्दा बढी डिजेल आयातबाट भन्सार राजस्व प्राप्त भएको छ । एक खर्ब २८ अर्ब ७६ करोड १६ लाख रुपैयाँको डिजेल आयात हुँदा ५८ अर्ब ३८ करोड नौ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । 

६४ अर्ब १२ करोड ७४ लाख रुपैयाँको पेट्रोल आयातबाट ४२ अर्ब २५ करोड तीन लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ ।

गएको वर्ष सात हजार ४३१ वटा इलेक्ट्रिक कार, जीप र ५१ किलो वाटभन्दा माथि र १०० किलो वाटका भ्यान आयातबाट ११ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । १८ अर्ब ६२ करोड आठ लाख रुपैयाँका यस्ता कार, जीप र भ्यान आयात भएका थिए ।  

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १० रुपैयाँ, टनेल गोलभेँडा २० रुपैयाँ, रातो आलु ३० देखि ४७ रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो कायम गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...