विधान महाधिवेशनको तयारी: एमाले पोलिटब्युरोमा प्रतिवेदनमाथि छलफल जारी

Author

सजिलो पत्रिका

२०८२ साउन ०३, शनिबार

59
Share
Featured
  • च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको बैठकमा आगामी विधान महाधिवेशनमा पेश हुने प्रतिवेदनहरूमा छलफल हुँदैछ।
  •  नेताहरूले सांगठनिक संरचना, ७० वर्षे उमेर हद, दुई कार्यकाल सीमा, र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीति प्रवेशजस्ता संवेदनशील विषयमा धारणा राखेका छन्।
  •  सचिवालयले पारित गरेका तीन प्रतिवेदन पोलिटब्युरोमा छलफलपछि केन्द्रीय कमिटीमा पेश गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेकपा (एमाले) को पोलिटब्युरो बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल केन्द्रित रहेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा नेताहरूले विधान संशोधन प्रस्ताव, सांगठनिक संरचना र राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बैठक आजै सक्न निर्देशन दिएकाले छलफललाई तीव्र पारिएको गौतमले जानकारी दिए।

बैठकमा नेताहरूले पार्टीको संगठनात्मक संरचनामा महत्वपूर्ण परिवर्तनको सुझाव दिएका छन्। प्रचार विभाग प्रमुख गौतमका अनुसार, नेताहरूले जिल्ला कमिटीलाई समन्वयकारी भूमिकामा सीमित गरी प्रदेश र स्थानीय कमिटीलाई पूर्ण कार्यकारी बनाउनुपर्ने सुझाव दिएका छन्।

यसका साथै, बैठकमा ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था र पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने चर्चा जस्ता संवेदनशील विषयमा पनि नेताहरूले आ-आफ्नो धारणा राखेका छन्।

यसअघि बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्तावलाई पारित गरिसकेको छ। पोलिटब्युरोमा छलफलपछि यी प्रतिवेदनहरूलाई केन्द्रीय कमिटीमा लगिनेछ।

यो समाचारमा

शंकर पोखरेलविष्णुप्रसाद पौडेलकाठमाडौँविद्या देवी भण्डारी
ललितपुर5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...