नेपालले भुटानलाई ८-० को फराकिलो अन्तरले हरायो, उपाधिका लागि बंगलादेशसँग खेल्ने

Author

सजिलो पत्रिका

२०८२ साउन ०३, शनिबार

39
Share
Featured
  • साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ८-० ले हराउँदै मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गरे।
  • नेपालले भुटान र श्रीलंकामाथि जित निकालेको छ, तर बंगलादेशसँग पहिलो खेल ३-२ ले हारेको थियो।
  • नेपाल सोमबार फेरि बंगलादेशसँग खेल्नेछ, जहाँ जितेमा उपाधि जित्ने सम्भावना कायम रहन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले ८ गोल गरेको छ। 

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको हो। नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए।

जारी प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो। प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्। 

खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।‍ नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।

आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो। नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ। उपाधि जित्न नेपालले बंगलादेशलाई पराजित गर्नुपर्नेछ।

घरेलु टोली बंगलादेशले ३ खेलबाट अहिलेसम्म ९ अंक बटुलेको छ। सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

यो समाचारमा

काठमाडौँनेपालभुटानढाका
बंगलादेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...