१००औँ अन्तर्राष्ट्रिय खेलमा सावित्राप्रेरित नेपालको लाओसविरुद्ध सानदार जित

Author

सजिलो पत्रिका

२०८२ साउन ०२, शुक्रबार

37
Share
Featured

काठमाडौँ । कप्तानी पाएको पहिलो खेलमा सावित्रा भण्डारी (साम्बा)ले चार गोल गरेपछि एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय महिला टिमले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध ९–० को फराकिलो जित निकालेको छ । 

आइतबार उज्वेकिस्तानको तास्केन्तमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन कप्तान सावित्रा एक्लैले चार गोल गरिन् । यस्तै, अनिता बस्नेत, सरु लिम्बू, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल थपे । नेपालले अर्को एक गोल भने लाओसबाट आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्‍यो ।आजको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कप्तानी जिम्मेवारी सावित्रालाई सुम्पिएका थिए । योसँगै सावित्रा नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेकी छन् ।

लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती–११ मा यसअघि नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले स्थान बनाउन सकिनन् । उनको स्थानमा अञ्जना पहिलो रोजाईमा उत्रिएकी थिइन् । 

छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ । छनोटबाट समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउने छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...