साउन २ सम्म विद्यालय शिक्षा ऐन नबने फेरि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ असार ३०, सोमबार

38
Share
Featured
  • शिक्षक महासंघले सरकारले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पारित नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ।
  • महासंघले विगतमा सहमति गरेर कार्यान्वयन नगर्ने सरकारको प्रवृत्तिको विरोध गर्दै यसपटक त्यसलाई सहन नसकिने बताएको छ।
  •  स्थानीय तहलाई शिक्षकमाथि कारबाही गर्ने अधिकार दिन नहुने मागसहित महासंघले साउन ९–१० गते केन्द्रीय समिति बैठक डाकी आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल शिक्षक महासंघले सरकारलाई विद्यालय शिक्षा ऐन पारित गर्न साउन २ गतेसम्मको अल्टिमेटम दिएको छ। सो समयसीमाभित्र ऐन जारी नभए पुनः सडक आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको हो।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकारले विगतमा जस्तै यसपटक पनि सहमति गरेर कार्यान्वयनमा बेवास्ता गरेको आरोप लगाएका छन् । "सरकारले पटक-पटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेको छ, यसपाली हामी त्यस्तो अवस्था सहेर बस्दैनौं," उनले भने । 

यसअघि सरकार र शिक्षक महासंघबीच गत वैशाख १७ गते भएको ९ बुँदे सहमतिमा असार १५ भित्र ऐन जारी गर्ने उल्लेख थियो। तर, समयसीमा बितेको १५ दिन भइसक्दा पनि विधेयक संसदीय समितिमै अड्किएपछि महासंघले नयाँ अल्टिमेटम दिएको हो।

महासंघले साउन २ गते पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएको छ। आन्दोलनका कार्यक्रमलाई अनुमोदन गर्नका लागि साउन ९ र १० गते केन्द्रीय समितिको बैठक समेत बोलाइएको छ।

शिक्षकहरूको विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुने महासंघको प्रमुख माग रहेको छ। यसअघि महासंघले गत चैत २० गतेदेखि २९ दिनसम्म लामो शैक्षिक हड्तालसहित सडक आन्दोलन गरेको थियो।

यो समाचारमा

काठमाडौँनेपाल शिक्षक महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...