मनसुन सुरु भएसँगै रोगको जोखिम, क्षति न्यूनीकरणका लागि सरकारले थाल्यो विशेष तयारी

Author

सजिलो पत्रिका

२०८३ असार २८, आइतबार

9
Share
Featured

काठमाडौं । सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’को तयारी गरिएको बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

‘रोगको नियन्त्रणमा पहिले भन्दा धेरै नै प्रगति भएको छ । मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न लागेका छौँ,’ उनले भने, ‘सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल भइरहेको छ ।’

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना गराउन थालिएको जानकारी दिइन् ।

‘हामीले रोग नै लाग्न नदिनका लागि सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सचेतना अभियान सञ्चालन गराउन सुरु गरेका छौँ,’ उनले भनिन्, ‘पहिलको तुलनामा सर्वसाधारणमा सचेतना बढेकाले रोगको प्रकोप पनि कम हुँदै गएको छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा. विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताए ।

उनले डेङ्गी हैजा, झाडापखला जस्ता रोग मनसुनमा बढी देखिने भएकाले सचेत रहन आग्रह गरे । महाशाखाका कीटजन्य शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य रोगका प्रकोप बढी हुने भएकोले सचेत रहन आग्रह गरे । उनले मनसुन सुरु हुन साथ डेङ्गी संक्रमण बढन् बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन(तकसेरा सडक सञ्चालनमा आएको हो ।नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको

    Data is loading...

    Loading brands...

    Loading footer...