एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली फुटबल टोली

Author

सजिलो पत्रिका

२०८२ असार २३, सोमबार

39
Share
Featured
  • एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएका छन्।
  • नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ ले पराजित भई छनोट चरणबाट बाहिरिएको हो; निर्धारित समयसम्म खेल ३–३ को बराबरीमा सकिएको थियो।
  • नेपालले समूह चरणमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएका छन् ।। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे। 

नेपाली टोली मुख्य प्रशिक्षकबिनै स्वदेश फर्किएको हो। मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डे  भने उतैबाट बेल्जियम गएका छन्।

एसियन कप छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ ले पराजित भएपछि नेपाल छनोट चरणबाटै बाहिरिएको हो। 

निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपालले श्रीलंकामाथि ८–० को फराकिलो जित निकालेको थियो।

यो समाचारमा

उज्बेकिस्तानलाओसत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँ
श्रीलंका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...