मिसेस नेपाल वल्र्ड २०२५ का लागि आवेदन खुला, ग्रान्ड फिनाले असोज २८ मा

Author

सजिलो पत्रिका

२०८२ असार २२, आइतबार

46
Share
Featured
  • मिसेस नेपाल वल्र्ड २०२५ का लागि आवेदन खुला गरिएको छ, ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
  • प्रतियोगितामा विवाहित, डिभोर्स भइसकेका वा एकल महिलाहरू सहभागी हुन सक्नेछन्; अडिसन श्रावण १७ गते नयाँ बानेश्वरमा हुनेछ।
  • विजेताले मिसेस वल्र्ड २०२५, अमेरिका मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विवाहित नेपाली महिलाहरूका लागि सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ का लागि आवेदन खुला गरिएको छ । 

ललितपुरको पुलचोकस्थित स्क्वायर होटलमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले प्रतियोगिताको चौथो संस्करणको घोषणा गर्दै आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।

रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार प्रतियोगिता यस वर्ष अघिल्ला संस्करणहरू भन्दा अझ भव्य र व्यवस्थित ढंगले आयोजना गरिनेछ । 

उनले भने, ‘यसपटकको मिसेस नेपाल वल्र्ड प्रतियोगिता सौन्दर्य र प्रतिभाको मात्र नभई महिलाहरूको नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्व उजागर गर्ने अभियानको रूपमा अघि सारिएको छ ।’

अध्यक्ष झाले प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने जानकारी गराए ।

प्रतियोगिताको पहिलो चरणको अडिसन भने श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुनेछ । अडिसनबाट छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाहरूले कम्तीमा एस.एल.सी. उत्तीर्ण गरेको हुनुपर्छ । उचाइ, तौल वा अनुहारका कुनै विशेष मापदण्ड तोकिएको छैन ।

विवाहित महिलासँगै डिभोर्स भइसकेका वा एकल महिलाहरूले पनि आवेदन दिन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइट मार्फत भर्न सकिनेछ ।

यस प्रतियोगिता अन्तरगत मिसेस नेपाल वल्र्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको उपाधि पनि प्रदान गरिनेछ । मिसेस नेपाल वल्र्ड विजेताले अमेरिका हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...