३१ लाख भ्रष्टाचार गरेको आरोपमा धनौजीका तत्कालीन अध्यक्ष-उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ असार २०, शुक्रबार

63
Share
Featured
  • अख्तियारले धनुषाको धनौजी गाउँपालिकाका पूर्व अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।
  • बजार नाला तथा फोहोरमैला व्यवस्थापन बजेटमा गोप्य रूपमा सेड निर्माण, टेन्डर प्रक्रियामा अनियमितता र गुणस्तरहीन काम भएको पत्ता।
  • गलत नापी र फर्जी विवरणमार्फत ३१ लाख ३४ हजार रुपैयाँ राज्यलाई क्षति पुर्‍याएको आरोपमा विगो असुलको माग।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत लगायतमाथि काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले 'बजार नाला तथा फोहोरमैला व्यवस्थापन' शीर्षकको बजेटबाट कुनै वैधानिक निर्णयविना नै गोप्य रूपमा बजार सेड निर्माण गरेको थियो। उक्त निर्माण कार्यमा प्रतिस्पर्धा छल्न एउटै निर्माण व्यवसायीबाट तीन फरक नाममा टेन्डर हाल्न लगाइएको र पटक-पटक म्याद थप गरी गुणस्तरहीन काम गराइएको अख्तियारको अनुसन्धानमा खुलेको छ।

आयोगले जनाएअनुसार, निर्माण गरिएको सेडको नाप-जाँच पनि वास्तविकभन्दा बढी देखाई गलत नापी किताब तयार पारिएको थियो। यसरी राज्यलाई हानि पुर्‍याएर ३१ लाख ३४ हजार ७७८ रुपैयाँ हिनामिना भएको दाबी गर्दै अख्तियारले सबै प्रतिवादीहरूबाट सोही रकम बराबरको विगो असुलउपर गर्न माग गरेको छ।

यो समाचारमा

धनौजी गाउँपालिकाकाठमाडौँधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...