कुलिङ पिरियडको चलखेलबारे संसदीय छानबिन समितिको व्यवस्था मिलाउन सभामुखलाई अनुरोध

Author

सजिलो पत्रिका

२०८२ असार १८, बुधबार

39
Share
Featured

बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिन राष्ट्रियसभालाई अनुरोध

समाचार सारांशGenerated using AI.

काठमाडौँप्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सिफारिस गरेको छ ।

आज बसेको समितिको बैठकले उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुराशयपूर्ण देखिएको हुँदा उक्त कार्यमा कोको व्यक्तिको के कति गल्ती वा अपराध भएको हो, त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन संघीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो, समितिका सभापति रामहरि खतिवडाले भने ।

बैठकले कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावनाअनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिन राष्ट्रियसभालाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

यो समाचारमा

काठमाडौँरामहरि खतिवडाप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...