‘कुलिङ पिरियड’ को ‘छेडखानी’ विरुद्ध राज्य अपराध हो, सभापति खतिवडाले राजीना दिनुपर्छ : शाही

Author

सजिलो पत्रिका

२०८२ असार १७, मङ्गलबार

33
Share
Featured

समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । छानविन गरी दोषी भए कारबाही गर्नुपर्छ । यही सभापतिले नगरी कर्मचारीले यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुर लगाएर अपराध गर्नेहरुलाई जेल सजाय हुनुपर्छ,’

समाचार सारांशGenerated using AI.

काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद्ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्य अपराध भएको भन्दै छानविन गर्न माग गरेका छन्  । 

मगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन् । 

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानविन होस् । नेपालको कानून बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन् । यो त राज्य अपराध हो । संसद बनाएका छौ, समितिहरु बनाएका छौं । ति समितिका संसदहरुको महत्वलाई नै छेडखानी गर्ने राज्य विरुद्ध कसुर नै हो ।’

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए । 

‘समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । छानविन गरी दोषी भए कारबाही गर्नुपर्छ । यही सभापतिले नगरी कर्मचारीले यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुर लगाएर अपराध गर्नेहरुलाई जेल सजाय हुनुपर्छ,’ उनले भने । 

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीज्ञानेन्द्र शाहीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...