चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको आरोप, सिराहा अस्पतालमा झडप

Author

सजिलो पत्रिका

२०८२ असार १५, आइतबार १९:०२

51
Share
Featured
  • सिरहाको प्रादेशिक अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बालकको मृत्यु भएको आरोपमा आन्दोलित भएको छ।
  • आक्रोशित भिड र प्रहरीबीच झडप हुँदा ९ प्रहरी र १ प्रदर्शनकारी घाइते भए।
  • अस्पतालमा तोडफोडको प्रयासपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ र अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रादेशिक अस्पताल सिरहा नगरपालिकामा चिकित्सकको लापरबाहीका कारण एक बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्तले गरेको प्रदर्शनले उग्र रूप लिएको छ । आक्रोशित भीडले अस्पतालमा तोडफोडको प्रयास गरेपछि त्यसलाई रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपका क्रममा ९ जना प्रहरी र एक प्रदर्शनकारी गरी १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, दुई दिनदेखि लगातार ज्वरो आएपछि आइतबार बिहान अस्पताल भर्ना भएका  सिरहा नगरपालिका–६, बसविट्टाका झल्लु महराका १० वर्षीय छोरा राजन महराको साँझ करिब ५ बजे मृत्यु भएको थियो ।

मृतक बालककी ठूलीआमा शोभा महराका अनुसार, राजनलाई अस्पताल ल्याउँदा दूध र बिस्कुट खुवाएर ल्याइएको थियो, तर चिकित्सकले सुई लगाउने बित्तिकै ऊ चिच्यायो र उसको मृत्यु भयो ।

यसपछि, चिकित्सकको बेवास्ता र गलत उपचारका कारण मृत्यु भएको भन्दै परिवारजन तथा स्थानीयवासी आक्रोशित बनेका थिए । उनीहरूले अस्पतालमा तोडफोडको प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

झडपपछि अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

काठमाडौँसिरहा नगरपालिका

ट्यागहरू

#झडप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    sajilo patrika

    आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा काठमाडौंमा मृत्यु

    प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभामा नयाँ मोड, बजेट विवाद मिलाउन सांसदहरूको कार्यदल गठन

    धनुषा–सिरहा जोड्ने झोलुंगे पुलले बढाायो पर्यटकीय चहलपहल, भारतीय पर्यटकको समेत आकर्षण

    महोत्तरीका उखु किसानले पाए करिब पौने २ अर्ब भुक्तानी

    भर्खरै

    News Image

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू