सरकारले अध्यक्ष नेपालमाथि राजनितिक प्रतिशोध साँधेको नेकपा एसको निष्कर्ष

Author

सजिलो पत्रिका

२०८२ असार १३, शुक्रबार

10
Share
Featured
  • अध्यक्ष माधव नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको पार्टीको आरोप।
  • पताञ्जली प्रकरणमा कानुनी रूपमा लड्ने निर्णय।
  • अध्यक्ष नेपालको राजीनामाबारे कुनै छलफल नभएको स्पष्ट।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पताञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । 

’विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निसाना साँधिँदै आएको छ । त्यही व्यक्तिहरूले नै अध्यक्षमाथि राजनीतिक षड्यन्त्र गरेका हुन्,’उनले भने ।

उपाध्यक्ष ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए । उनले पताञ्जली जग्गा हिनामिना प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए । 

अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने विषयमा छलफल भइनसकेको पनि उनले बताए ।

उनले भने, ’त्यस विषयमा छलफल भएको छैन । उहाँले बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ। संसदीय दलको बैठकबाट संसदीय दलको नेताबारे छलफल होला। अहिले त्यस्तो केही भएको छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  गत बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटी माग गर्ने आदेश सुनाएको थियो ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)माधवकुमार नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...