राष्ट्रियसभा

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

Author

सजिलो पत्रिका

२०८२ असार १२, बिहिबार

35
Share
Featured
  • संघीय संसद् राष्ट्रयसभाको बैठक आज बस्दै छ ।
  • प्रतिनिधिसभाबाट प्राप्त 'विनियोजन विधेयक, २०८२' सम्बन्धी सन्देश सभामा टेबुल हुने।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक राष्ट्रियसभामा पेश गर्ने कार्यसूची।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै छ । सवा १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३क को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।

यो समाचारमा

विष्णुप्रसाद पौडेलकाठमाडौँप्रतिनिधि सभाराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...